बिहीबार, जेठ १५, २०८२

गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

मेरोन्यूज २०८२ जेठ १३ गते १७:०२

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरिएको छ ।

मंगलबार दिउसाे अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध व्यक्तिहरूले भिजिट भिसा प्रकरण, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘मानव तस्कार सरकार मुर्दावाद’, ‘गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक दुई खर्ब’जस्ता नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।

प्रतिक्रिया