युवा संघको मतदान सकियो, नतिजा आजै
मेरोन्यूज
२०८२ जेठ १३ गते १८:१४

पोखरा । राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो ।
मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतगणना केही समयमै सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।
निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
यस्तै महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
मतदानमा १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका थिए।
सम्बन्धित
प्रतिक्रिया