मालदिभ्स बस्ने नेपालीहरुको पासपोर्ट नविकरणका लागि घुम्ती सेवा सञ्चालन

माल्दिभ्स । मालदिभ्समा बसोबास गर्ने नेपालीहरुको पासपोर्ट नविकरणका लागि घुम्ती सेवा सञ्चालन गरिएको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभाग तथा श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासको समन्वयमा पासपोर्ट नवीकरण घुम्ती सेवा सञ्चालन गरिएको हो ।
यसै जेठ ९, १० र १२ गते मालदिभ्सस्थित ग्लोबल ट्राभलको कार्यालयमा पासपोर्ट नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । उक्त अवसरमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, श्रीलंकाका राजदूत तथा मालदिभ्सका आवासीय राजदूत पूर्ण बहादुर नेपाली, नेपाली राजदूतावास कोलम्बोका दोस्रो सेक्रेटरी सागर भण्डारी, थर्ड सेक्रेटरी अरेन्द्र महर्जनको उपस्थिीति रहेको थियो ।
सोमबार मध्यान्हसम्म ५० बढीले पासपोर्ट नवीकरण गरिसकेका छन् । ‘ट्राभल डकुमेन्ट नभएर समस्यामा परेका नेपालीहरुलाई सहयोग पुर्याउन घुम्ती सेवा सञ्चालन गरेका हौं ।’ नेपाली राजदूतावास कोलम्बोका राजदूत तथा मालदिभ्सका आवासीय राजदूत पूर्ण बहादुर नेपालीले भने, ‘पासपोर्ट सम्बन्धि समस्या आएपछि सेवा दिने प्रयास गर्यौं ।’
परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास कोलम्बोको सम्पूर्ण टिमले पुर्याएको सेवाप्रति मालदिभ्समा कार्यरत नेपालीहरुले खुसी व्यक्त गरेका छन् । ‘उहााहरुको अथक प्रयास र उत्कृष्ट पहलका कारण मालदिभ्समा पासपोर्ट नवीकरण क्याम्प सफलतापूर्वक सम्पन्न भयो ।’ बिगत ८ वर्षदेखी मालदिभ्समा कार्यरत सरोज सापकोटाले रातोपाटीलाई बताए । फेसबुक ग्रुप ‘नेपाल हेल्पलाइन मालदिभ्स’ मार्फत सापकोटाले सामाजिक सेवाका काममा सक्रिय छन् ।
श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका अनुसार मालदिभ्समा झण्डै ५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यहाा नर्स, मेडिकल डाक्टर र अन्य विभिन्न पेशामा नेपालीहरु कार्यरत छन् ।
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया