तीनकुने घटनामाथि स्वतन्त्र नागरिक छानबिन आयोगको प्रतिवेदनमा के छ?
मेरोन्यूज
२०८२ जेठ १४ गते १६:३६

काठमाडौँ। स्वतन्त्र नागरिक छानबिन आयोगले बुधबार तीनकुने घटनाबारेको प्रतिवेदन सार्वजनिक गरेको छ।
घटनाको न्यायिक छानबिन नगरी ५० जनामाथि मुद्दा अघि बढाएकामा समेत आयोगले चासो लिएको छ। सरकारले तीनकुने घटनको छानबिन गर्ने क्रममा अपराध अनुसन्धानका स्थापित सिद्धान्त, प्रचलन र कार्यविधिहरू पालना नगरेको जिकिर पनि प्रतिवेदनमा गरिएको छ।
तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लंघन भएको आयोगले निष्कर्ष निकालेको छ। नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको तीनकुने घटनामा उल्लंघन भएको ठहर आयोगले गरेको छ।
गठन भएको १ महिना २० दिनमा आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो।
अभियन्ता देवेन्द्रलाल नेपालीको अध्यक्षतामा गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो।
सम्बन्धित
















नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया