मधेस प्रदेशसभाको पाँचौ अधिवेशन यही जेठ २१ देखि
मेरोन्यूज
२०८२ जेठ १४ गते २०:३६

जनकपुर। मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेठ ११ गते बसेको प्रदेश सरकारको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिनुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विसं जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया