आर्थिक सर्वेक्षण : कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:३१

काठमाडौं । कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च रुपैयाँ भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये ११ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
कृषि अनुदानमा गत आर्थिक वर्ष ३६ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये २९ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत दुई अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया