मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

काठमाडौँ ।अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्ममा मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ।
‘विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, आठ हजार २०४ किलोमिटर खण्डास्मित र आठ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,’ सर्वेक्षणमा उल्लेख छ, ‘२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्र आठ हजार २४ किलोमिटर खण्डास्मित र आठ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो।’
सर्वेक्षणअनुसार मध्यपहाडी लोकमार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर सडक कालोपत्र भई एक हजार ४६३ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माणसम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणअनुसार हुलाकी लोकमार्गको कुल लम्बाइ एक हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार २५९ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आवको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार २९१ किलोमिटर पुगेको छ। यसअन्तर्गतका २५० पुलमध्ये २०८१ फागुनसम्म १४२ पुलको निर्माणसम्पन्न भएको छ।
उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ (४४७ किलोमिटर) को गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड २४५ किलोमिटर सडकखण्डमध्ये २०८१ फागुनसम्म १९५ किलोमिटर सडक कालोपत्र भएको छ। २०८१ असारसम्म मालढुङ्गा–बेनी– जोमसोम–कोरला खण्डअन्तर्गत ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र सडक र १० पुलको निर्माणसम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म ६५ किलोमिटर सडक कालोपत्र भएको छ भने १३ पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया