मंगलबार, पुष १, २०८२

विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने

मेरोन्यूज २०८२ जेठ १५ गते १६:२४

काठमाडौं । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने भएको छ । 

विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । 

स्नातक उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने पनि उनले बताए ।

प्रतिक्रिया