सोमबार, जेठ १९, २०८२

अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरुद्ध उजुरी

मेरोन्यूज २०८२ जेठ १६ गते १५:५५

काठमाडाैं । जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ।

जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैदको सजाय सुनाएको थियाे। जिल्लाकाे फैसलाका आधारलाई प्रमाण मान्न इन्कार गर्दै उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले आलमलाई सफाइ दिएका थिए।

उक्त फैसलाको न्यायिक परीक्षण गर्न तथा दुवै न्यायाधीशलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीसमेत गर्न माग गर्दै युवराज पौडेल सफलले न्यायपरिषद् सचिवालयमा उजुरी दिएका हुन्।

प्रतिक्रिया