शङ्कर पोखरेलले भन्छन्, बजेटले समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्रको सङ्कट समाधानतर्फ केन्द्रित हुनुका साथै निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको राखे ।महासचिव पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीचको समन्वय र सहकार्य जुन हिसाबले हुनुपर्ने, त्यो भने हुन नसकेको बताए । “अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो । अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी देखिएको छ”, उनले भने ।
महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेकामा जोड दिए । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उनको भनाइ छ ।अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको उनले बताएका छन् ।










मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फिर्ता भइसके : गृहमन्त्री अर्याल
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया