सवारीसाधन रोकेर धर्नामा उत्रिए यातायात व्यवसायी

काठमाडौं । निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी देशका सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका छन् । त्यसकै विरोधमा सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको अगुवाइमा शनिबार (जेठ १७) काठमाडौंमा एक घण्टा सवारीसाधन रोकेर धर्ना दिइयो ।
गण्डकी प्रदेश सरकारले उक्त नियमावली ल्याएपछि व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले गण्डकी सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्नेलगायत माग अघि सारेका छन् ।
सवारी ऐन, २०४९ को विपरीत गण्डकी सरकारले ‘राइड सेयरिङ’को नाउँमा निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम व्यवसायीको भनाइ छ । सोही कारण आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।
उनले हाल आन्दोलन सांकेतिक मात्र भएको बताए । यही जेठ १९ गतेदेखि देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले अरू प्रदेशमा पनि उक्त व्यवस्था लागु गर्न खोजिएकाले त्यसविरुद्ध शान्तिपूर्ण रूपमा एक घण्टा धर्ना आयोजना गरिएको बताए ।
उनीहरूले संघीय ऐनसँग बाझिने गरी छुट्टै नियमावली ल्याउन नहुनेमा जोड दिएका छन् । गण्डकी प्रदेशले ल्याएको नियमावली खारेज गर्न माग गरेका छन् ।

















सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया