शुक्रबार, वैशाख २५, २०८३

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरीबीच भेटवार्ता

मेरोन्यूज २०८२ जेठ ९ गते १९:१५

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ। भेटका क्रममा नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ।

Advertisement
NiccNicc

सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझाव प्रस्तुत गरेका थिए।

उक्त छलफल विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यावहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा केन्द्रित रहेको नाडाले जनाएको छ।

भेटघाट तथा छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छ भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बै‌ककाे सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरेका थिए।

सो छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाको सुझावलाई गम्भीरतासाथ लिइने बताउँदै आवश्यक विषयमा छलफल गरी समन्वय गरिने आश्वासन दिएका थिए।

प्रतिक्रिया