बुधबार, जेठ २१, २०८२

राइड सेयरिङ एपमार्फत यात्रुहरूसँग बार्गेनिङ गरे प्रहरीलाई सम्पर्क गर्न अनुरोध 

मेरोन्यूज २०८२ जेठ १९ गते ११:२४

नेपाल प्रहरीले विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूसँग बार्गेनिङ गरे ट्राफिक प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

सोमबार यातायात व्यवसायीको आन्दोलनका कारण राइड सेयरिङ एपमा चाप बढेपछि राइडरहरूले अफलाइन बार्गेनिङ गरेको र चर्को रकम असुलेको गुनासो बढेपछि प्रहरीले सूचना जारी गरेको छ। 

प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी यस्तो क्रियाकलाप भए ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न यात्रुहरूलाई अनुरोध गरेको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले बढी भाडा असुलेको भन्दै इन ड्राइभ चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

यात्रीहरुको गुनासोको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कारबाही गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

प्रतिक्रिया