रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

काठमाडौं । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ ।
अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ। यो खेलको विजेता टोलीले फाइनलमा आरसीबीसँग खेल्ने जानेछ।
मुम्बईका लागि पूर्व कप्तान रोहित शर्माले ८१ रनको इनिङ खेलेका थिए । जसवाट पनि रोहित आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । उनी लिगमा ७ हजार रन बनाउने कोहली पछि दोस्रो ब्याट्सम्यान बनेका छन् ।
रोहित शर्मा आईपीएलमा ३०० छक्का कटाउने पहिलो भारतीय बन्दै उनको खातामा अहिलेसम्म ३०२ छक्का रहेको छ । सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीमा क्रिस गेल शीर्ष स्थानमा छन्, उनले १४२ खेलमा कुल ३५७ छक्का प्रहार गरेका छन् भने तेस्रो स्थानमा विराट कोहली छन्, जसको नाममा २६६ खेलमा २९१ छक्का छ।
चौथो नम्बरमा महेन्द्र सिंह धोनी छन्, जसले २७८ खेलमा २६४ छक्का प्रहार गरेका छन् भने एबी डिभिलियर्सले १८४ खेलमा २५१ छक्का प्रहार गर्दै यो सूचीमा पाँचौं स्थानमा छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया