आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ। फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल मंगलबार साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन्। तथापि उपाधि जितेका छैनन्।
आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ। टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि विजेता उनका लागि १८ औँ आईपीएल पनि उपाधि विहीन हुनु सुखद भने पक्कै होइन। बेजोड प्रदर्शन गरेका उनले आठ संस्करणमा ५०० भन्दा बढी स्कोर बनाइसकेका छन्।
पन्जाबले पनि अहिलेसम्म उपाधि जितेको छैन। चार अन क्याप भारतीय खेलाडीको सनसनीपूर्ण ब्याटिङ, कप्तान श्रेयास ऐयारको टिम भावना तथा प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा पन्जाबको यात्रा महत्त्वपूर्ण साबित हुने छ।
पहिलो क्वालिफायरमा आरसिबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ।


















नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया