आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ। फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल मंगलबार साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन्। तथापि उपाधि जितेका छैनन्।
आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ। टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि विजेता उनका लागि १८ औँ आईपीएल पनि उपाधि विहीन हुनु सुखद भने पक्कै होइन। बेजोड प्रदर्शन गरेका उनले आठ संस्करणमा ५०० भन्दा बढी स्कोर बनाइसकेका छन्।
पन्जाबले पनि अहिलेसम्म उपाधि जितेको छैन। चार अन क्याप भारतीय खेलाडीको सनसनीपूर्ण ब्याटिङ, कप्तान श्रेयास ऐयारको टिम भावना तथा प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा पन्जाबको यात्रा महत्त्वपूर्ण साबित हुने छ।
पहिलो क्वालिफायरमा आरसिबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ।









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया