नख्खुको अपार्टमेन्टमा फ्ल्याट भाडा लिएर सट्टेबाजी, ५ भारतीयसहित १७ जना पक्राउ
८१ करोड ४७ लाखको कारोबार

काठमाडौं । प्रहरीले अनलाइन जुवा (सट्टेबाजी) मा संलग्न गिरोहलाई पक्राउ गरेको छ।
विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइट 711Bat.club र Unicon 365 को प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँचजना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
नख्खुस्थित सनराइज अपाटएमेन्टको फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेल्ने/खेलाउने गरेको पाइएको एसपी काजीकुमार आचार्यले बताए ।
पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो, राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्कबहादुर खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत १२ नेपाली छन्।
बाँकी भारतकाे बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र माेहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
उनीहरूले अनलाइन जुवामार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको आचार्यको भनाइ छ ।
पक्राउ परेकाहरूबाट ल्यापटप १४ थान, सिमकार्ड राखिएका/नराखिएका ६० थान मोबाइल, विभिन्न बैंकको चेकबुक र पासबुक, विभिन्न व्यक्तिहरुको भिसा कार्ड र राहदानी बरामद गरिएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया