गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

पोखरा । गण्डकी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममा आगामी वर्षका लागि प्रदेश सरकारको प्राथमिकता, नीति निर्देशिका, विकास योजनाहरू र कार्यक्रमहरू समावेश गरिनेछ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।
यो गण्डकीको आठौं नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नमिल्दा आशातीत विकास हुन नसकेको भन्दै प्रदेश सरकारको आलोचना बढ्दै गएको छ ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको कार्यप्रगति र नागरिकका आवश्यकता अनुसार आगामी वर्षमा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा विशेष कार्यक्रम ल्याइने अपेक्षा गरिएको छ। प्रदेश सरकारको नेतृत्व कांग्रेसका सुरेन्द्रराज पाण्डेले गरेका छन् ।
पोहोर जेठ १४ मा सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा बहाली भएका पाण्डे नेतृत्वको सरकारले निकै हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु परेको थियो ।
त्यस तुलनामा भने अहिले सरकारसँग प्रशस्त समय थियो । पोहोर भदौमा एमाले प्रदेश सरकारमा सामेल भएको थियो । गठबन्धन सरकारले समावेशी तथा दिगो विकासलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ।
प्रदेशको आर्थिक वृद्धिदर संघ र अरु प्रदेशको तुलनामा राम्रो रहे पनि संघले दिने अनुदानमा कटौती हुँदा जाँदा र आन्तरिक राजस्व उठाउन नसक्दा बजेटको अंक घट्ने आँकलन गरिएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल भएर पारित हुनेछ। त्यसपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अगाडि बढ्नेछ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया