एचजेबीएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा

काठमाडौं । हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउण्ड्सलाई ८१(७० ले हराएर एक खेल अघि नै फाइनलमा स्थान सुरक्षित गर्यो । ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ ।
पहिलो खेलमा टाइम्ससँग पराजित भएपनि गोल्डेनगेटले त्यसयता लगातार ८ खेल जितेको छ । लिगमा गोल्डेनेगटले हाउण्ड्स विरुद्धको दुवै खेल जित्न सफल भयो । यसअघि गोल्डेनेटले हाउण्ड्सलाई ८०(७५ ले पराजित गरेको थियो ।
दोस्रो हार व्यहोरेको हाउण्ड्स ९ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ । अब हाउण्ड्सले लिगको अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबलसँग खेल्नेछ । फाइनल पुग्न हाउण्ड्सले उक्त खेल जित्नैपर्नेछ । यही टाइम्स विजयी भएमा दुवैको समान १७ अंक पुग्नेछ र यस्तोमा अंक स्कोरको आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा हाउण्ड्सले १८(१७ को अग्रता लिएको थियो । तर त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमा गर्दै अग्रता लिएको थियो । गोल्डेनगेटले दोस्रो क्वाटर २७(१५ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म ४४(३३ को अग्रता बनायो ।
यस्तै तेस्रो क्वाटरमा हाउण्ड्स खेलमा फर्कियो र १८(१४ ले आफ्नो पक्षमा पार्यो । तर चौथो क्वाटरअघि गोल्डेनगेटले नै ५८(५१ को अग्रता कायम राखेको थियो ।
चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २३(१९ को अग्रता बनाएपछि खेल जित्यो । गोल्डेनगेटका लागि अभिषेक सिंहले २२ अंक स्कोर गरे । यस्तै हाउण्ड्सका सौरभ श्रेष्ठले १८ अंक जोडे । गोल्डेनगेटका सुदिप पौडेल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।









नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया