माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दालाई एकीकृत समाजवादीले भन्यो ‘राजनीतिक प्रतिशोध’

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ।
सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपालविरूद्ध भ्रष्टचार मुद्दा लागेपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।
उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दावी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दावी गरेका छन ।
‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो, अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ, मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन। यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन्। नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्, उनले भने।
पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिंडेकोसमेत बताए। ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो, अध्यक्षज्यु काठमाडौं फर्किए पछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया