माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दालाई एकीकृत समाजवादीले भन्यो ‘राजनीतिक प्रतिशोध’

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ।
सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपालविरूद्ध भ्रष्टचार मुद्दा लागेपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।
उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दावी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दावी गरेका छन ।
‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो, अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ, मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन। यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन्। नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्, उनले भने।
पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिंडेकोसमेत बताए। ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो, अध्यक्षज्यु काठमाडौं फर्किए पछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने।
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया