भ्रष्टाचार मुद्दा दायर भएपछि माधवले भने- मैले अनुचित काम गरेको छैन, प्रतिशोध साँधियो
मेरोन्यूज
२०८२ जेठ २२ गते १५:४५

रौतहट। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाई प्रतिशोधपुर्ण कदम भनेका छन् ।
बिहीबार गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोपसमेत लगाए।
‘मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले भने, ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन।’
सम्बन्धित










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया