त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाका छन्।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ ११ गतेदेखि नै भर्ना रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको बताएका हुन्।
त्रिविबाट सम्बन्धन लिएका निजी क्याम्पस र केही सामुदायिक क्याम्पसहरूले अहिले पनि स्नातक तह प्रथम वर्षमा भर्ना लिइरहेको उनीहरूको दाबी छ। त्रिविको आंगिक क्याम्पसहरूमा भने गत माघ ११ देखि नै भर्ना रोकिँदा समस्या आइपरेको विद्यार्थी नेताहरूको गुनासो रहेको छ।
‘विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेन। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कारणले २०८१ साल माघ ११ गतेबाट भर्ना रोकियो। हाम्रो चाहना चाहीँ विद्यार्थीले भर्ना हुन पाउनुपर्छ। विद्यार्थी भर्ना खोल्नुपर्छ। चारदेखि पाँच हजार विद्यार्थीले भर्ना हुन पाएका छैनन्। अरु बेला अर्को वर्ष भदौमा परीक्षा हुँदा विद्यार्थी साउनसम्म भर्ना हुन पाउँथे। ब्याचलरमा समेष्टार सिस्टम पनि छैन, जतिबेला पनि भर्ना हुन पाउँछन्,’ शंकरदेव क्याम्पस स्ववियू सचिव मदनराज उपाध्यायले भने।
त्रिविका भिसी, रेक्टर र रजिष्टारले एकतन्त्रीय शासनजस्तो गरी भर्ना रोकेको विद्यार्थी नेताहरूले बताए। त्रिविको आंगिक क्याम्पस शंकरदेव क्याम्पसमा विगतमा ३ देखि ४ हजार विद्यार्थी स्नातक तहमा भर्ना हुने गरेकोमा अहिले १ हजार ५ सय विद्यार्थीमात्रै भर्ना भएको उनले बताए।
त्रिविका सबै क्याम्पसमा स्नातक तहमा पुनः भर्ना खोलिनुपर्ने र विद्यार्थीको पढ्न पाउने हकलाई बञ्चित गरिन नहुने उनीहरूको माग छ। कार्यक्रममा शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेत, पब्लिक युथ क्याम्पस नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, कैलाशकुट क्याम्पसका स्ववियु सभापति सुवर्ण गौतम, भक्तपुर क्याम्पसका स्ववियु सभापति पुकार पराजुली, थली क्याम्पसका अंशु फुँयाललगायतका विद्यार्थी नेताहरू सहभागी थिए।
त्रिविले पटक–पटक शैक्षिक क्यालेण्डर उल्लंघन गरेको उनीहरूको आरोप छ। रजिष्ट्रेसन चाहीँ जेठसम्म खोलिने तर भर्ना गर्न नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूले बताए।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया