बेपत्ता गोताखोरको शुक्रबार बिहान बाट खोजी शुरु

बेपत्ता गोताखोरको शुक्रबार बिहान बाट खोजी शुरु सप्तकोशि नदिमा बेपत्ता गोताखोरको शुक्रबार बिहानै बाट खोजी कार्य शुरु भएको छ । सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी , दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाट सहित संयुक्त टोलीद्धारा बिहिबार ०७:४५ बजे अभ्यास शुरु भएको थियो ।
सो क्रममा दिउँसो १५:१० बजे नं. १ श्रीअन्तु गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदिमा बेपत्ता भएका छन् । उनिहरुको खोजी कार्यलाइ तिब्रता दिइएको छ । शुक्रबार बिहान दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि बिजय हमालको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरी बाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सहित डिएसपि बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोरका अनुभबी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारिको कमान्डमा ५ जना गोताखोरलाइ बिहिबार राती १०:४५ बजे त्यस तर्फ पठाइएको छ । २०६९ सालमा बंगलादेश बाट गोताखोर तालिम लिएका भन्डारि त्यस यता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन् ।
उनले घटनास्थल , पानीको बहाब र अन्य कुरा फिल्डमानै नहेरि भन्न नसकिने बताएका छन् । यो तालिम नभइ मनसुनजन्य बिपद् उद्दारको पुर्ब तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देश भरिनै भइरहेका छ्न् । बेपत्ता भएका उनिहरु दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन् , त्यस पछि उद्दारका लागि विभिन्न ठाउंमा खटिएका थिए तर उनिहरु गोताखोर प्रशिक्षक होइनन् र हिजो भएको पनि प्रशिक्षण नभइ ३/४ दिनको उद्दार अभ्यास हो ।
















रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया