बेपत्ता गोताखोरको शुक्रबार बिहान बाट खोजी शुरु

बेपत्ता गोताखोरको शुक्रबार बिहान बाट खोजी शुरु सप्तकोशि नदिमा बेपत्ता गोताखोरको शुक्रबार बिहानै बाट खोजी कार्य शुरु भएको छ । सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी , दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाट सहित संयुक्त टोलीद्धारा बिहिबार ०७:४५ बजे अभ्यास शुरु भएको थियो ।
सो क्रममा दिउँसो १५:१० बजे नं. १ श्रीअन्तु गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदिमा बेपत्ता भएका छन् । उनिहरुको खोजी कार्यलाइ तिब्रता दिइएको छ । शुक्रबार बिहान दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि बिजय हमालको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरी बाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सहित डिएसपि बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोरका अनुभबी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारिको कमान्डमा ५ जना गोताखोरलाइ बिहिबार राती १०:४५ बजे त्यस तर्फ पठाइएको छ । २०६९ सालमा बंगलादेश बाट गोताखोर तालिम लिएका भन्डारि त्यस यता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन् ।
उनले घटनास्थल , पानीको बहाब र अन्य कुरा फिल्डमानै नहेरि भन्न नसकिने बताएका छन् । यो तालिम नभइ मनसुनजन्य बिपद् उद्दारको पुर्ब तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देश भरिनै भइरहेका छ्न् । बेपत्ता भएका उनिहरु दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन् , त्यस पछि उद्दारका लागि विभिन्न ठाउंमा खटिएका थिए तर उनिहरु गोताखोर प्रशिक्षक होइनन् र हिजो भएको पनि प्रशिक्षण नभइ ३/४ दिनको उद्दार अभ्यास हो ।








तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया