गण्डकी प्रदेशसभाको सामाजिक विकास समितिमा रुचाल चयन

गण्डकी । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दमयन्ती रुचाल निर्विरोध निर्वाचित भएकी छिन् । यसअघि सभापति रहेका फणिन्द्र देवकोटा गत जेठमा मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको उक्त समितिको सभापतिमा रुचाल निर्विरोध निर्वाचित भएकी हुन् ।
आज बसेको समितिको बैठकबाट उनी सभापतिमा चुनिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । सभापति चयनका लागि बिहीबार भएको मनोनयन दर्तामा रुचालको एकल उम्मेदवारी परेको थियो ।
नवलपुरकी रुचाल माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेकी थिइन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति जुट्न नसक्दा लामो समयसम्म समिति नेतृत्वविहीन अवस्थामा थियो ।
एघार सदस्य रहेको उक्त समितिमा नेपाली कांग्रेसका छ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तीन र माओवादी केन्द्रका दुई प्रदेशसभा सांसद छन् । गण्डकी प्रदेशसभामा सामजिक विकास तथा कृषि, प्रदेश मामिला तथा कानुन, अर्थ तथा विकास र सावजनिक लेखा समिति गरी चार विषयगत समिति रहेका छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया