समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन।
शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष यादवले संबिधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे।
फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफै स्वच्छ हुन्छ भन्दै अध्यक्ष यादवले भने, ‘मुलुकलाई निकास दिन ढिला नगरौं, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संबिधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन।’
संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भू माफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संबिधानका त्रुटिहरु सच्याउने तर्फ गम्भीर नभएको उनले टिप्पणी गरे।
संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संबिधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखिन यो विकृत संबिधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए।
उनले भने, ‘ठूला भनिएका तीन दल आफैँले ल्याएको संविधानको कवरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखेपनि यसको कार्यान्वयनमा ईमानदार छैनन।’ अध्यक्ष यादवले, ‘यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ।’
कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिवद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए।
















सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया