राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

कास्की। पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।
गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न प्रतियोगितामा रिकर्व पुरुषतर्फ तिलकले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ को सेटले पछि पारेका हुन् । महिलातर्फ आयशाले आर्मीकै मित्र राईलाई ६–४ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी छिन् ।
आर्मीकी मञ्जु बजगाईं र नेपाल पुलिसका पवन श्रेष्ठले कास्य पदक हात पारेका छन् । ‘रिकर्व मेन्स टिम’तर्फ विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीको ‘ए’ टोलीलाई ६–२ ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । गण्डकीले रजत पदक जित्दा गण्डकी ‘बी’ टोलीले कास्य पदक जितेको छ । ‘रिकर्व मिक्स टिम इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दा आर्मीले रजत र गण्डकीले कास्य पदक जितेको छ ।
‘स्टान्डर्ड मिक्स टिम’मा आयोजक गण्डकीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीले आर्मीलाई ५–१ को सेटमा पराजित गरेको हो भने नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । ‘कम्पाउन्ड मेन्स इन्डिभिजुअल’मा एपिएफ क्लबका मीन गौचनले स्वर्ण पदक जितेका छन् । फाइनलमा गण्डकी ‘ए’ टोलीका सुमन गुरुङलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् । सुमनले रजत पदक जित्दा आर्मीका पवन राईले कास्य पदक पाएका छन् ।
‘कम्पाउन्ड विमेन्स इन्डिभिजुअल’मा गण्डकीकी मोनिका राना मगरले स्वर्ण पदक, एपिएफकी प्रसादा आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले कास्य पदक पाएका छन् । यसैगरी, ‘स्टान्डर्ड मेन्स टिम इभेन्ट’मा गण्डकी ‘ए’ ले ५–३ को सेटमा फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । गण्डकीले स्वर्ण, पुलिसले रजत तथा एपिएफ क्लबले कास्य पदक जितेको हो ।
प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, आर्चरी सङ्घका अध्यक्ष किशोरकुमार गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा तीन विभागीय टोली, कोशी, बागमती र गण्डकी प्रदेशका दुई टोली गरी कुल सात टोलीका महिला २२ र पुरुष ४८ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको थियो ।


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया