बीएमडब्लूको लक्जरी इलेक्ट्रिक एसयूभी नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्राएको छ ।
बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी नेपालमा सार्वजनिक गरेको हो ।
यस गाडीले अधिकतम १५० किलोवाट/२०४ हर्स पावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (प्रारम्भिक अनुमान अनुसार) रहेको छ ।
कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर्स) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कष्ट रोजाइ प्रदान गर्ने लक्ष्मी प्रिमियमले जनाएको छ ।
अन्य बीएमडब्ल्यू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्ल्यू आईएक्सटू पनि पाँचौं पुस्ताको बीएमडब्ल्यू ईड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गराई ८.६ सेकेन्डमा शून्यदेखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ ।
ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर्स ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरुभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ ।
बीएमडब्ल्यू आईएक्सटूमा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको कम्बाइन चार्जिङ युनिटले एक किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० किलोवसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल पि-कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।
बीएमडब्ल्यू आईएक्सटूमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् जस्तै मोका रङको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रुफ,डुवल जोन अटोमेटिक एसी र १२ स्पिकरको हर्मन कार्डन साउन्ड सिस्टम रहेकाे छ।
बीएमडब्ल्यू आईएक्सटूको सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र गात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी) अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किट ब्रेक र इन्टेगेटेड ब्रेकिङ सिस्टम राखिएको छ ।
तीनकुनेमा रहेको आफ्नी अत्याधुनिक शोरुमबाट लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यू एक्स वान, एक्स टु, एक्स थ्रीलगायतका जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया