‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

कास्की। विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालाको कभर्डहलमा आज सम्पन्न खेलमा दुवै टोलीले जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् ।
समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । पुलिसले स्टेप रामपुरलाई २५–७, २५–९ र २५–९ को सहज जित दर्ता गरी समूह ‘ए’ को विजेता बनेको हो ।
पुलिसले मङ्गलबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले पराजित गरेको थियो । यसैगरी आजको दोस्रो खेलमा न्यु डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीमा नयाँ खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकीलाई पराजित गरेको छ ।
राष्ट्रिय खेलाडीले भरिएको डायमण्डले गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सोझो सेटमा पन्छाएको हो । यसैगरी बिहीबार लिग चरणका दुई खेल हुने भएको छ । पहिलो खेल दिउँसो ३ः०० बजे एपिएफविरुद्ध स्टेप रामपुर र अर्को खेल ५ः०० बजे गण्डकीविरुद्ध एभरेष्ट भलिबल क्लबबीच खेल हुने भएको नेशनल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।
यही जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया