बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन लिफ्ट जडान गरेको भन्दै युवराज सफलले बिहीबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन्।
‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ ।
महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न उजुरीमा माग गरिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया