जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं । साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ ।
जङ्गी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी– २०८२’ सञ्चालन गरिएको हो ।
सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
दुई चरणमा सञ्चालित गोष्ठीमा सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।
साइबर सुरक्षासम्बन्धी विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीबीच अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया