जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं । साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ ।
जङ्गी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी– २०८२’ सञ्चालन गरिएको हो ।
सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
दुई चरणमा सञ्चालित गोष्ठीमा सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।
साइबर सुरक्षासम्बन्धी विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीबीच अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो ।
















नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया