पार्टीमा गुटबन्दी अन्त्य गर्न क्रियाशील सदस्यबाट सभापति चुन्ने व्यवस्था गर्नुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरअगावै हुने बताएका हुन् ।
‘विसं २०८४ को निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने भ्रममा नपर्नुहोस्, शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने अधिवेशन २०८३ मङ्सिरअगावै हुन्छ,’– उनले भने ।
महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताए । सदस्यता नवीकरण सकिएपछि नयाँ क्रियाशील सदस्य खोलिने उनको भनाइ थियो । उनले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताए ।









तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया