प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि संस्थागत गरेर थप अधिकार खोज्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको वर्तमान जिल्ला समन्वय समितिको ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले जिल्लाको विकासको कामलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताए। संविधान निर्माणको क्रममा जिल्ला समन्वय समिति राख्ने कि नराख्ने बहस भएको भन्दै नेपाली कांग्रेसको अडानकै कारण समन्वय समिति राख्न सम्भव भएको स्मरण गरे।
‘राजनीतिक स्थिरताका जगमा जनताको जीवन र जिविका सहज होस् भन्ने जनताको चाहना पूरा गर्नका लागि नै अहिलेको सरकार बनेको हाे,´ उपप्रधानमन्त्री सिंहले भने,`देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खाेजिएकाे छ ।’ आर्थिक विकास र पूर्वाधार विकास निर्माणका हिसाबले प्रजातन्त्र पुनःस्थापन पछि धेरै काम भएका छन् । तर, अझै गर्न धेरै बाँकी छ । त्यसका लागि सरकारले काम गरिरहेका छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका देशभरका प्रमुख, उपप्रमुखसहित पालिकाका प्रमुख, उपप्रमुखको सहभागिता रहेको आयोजकले बताएको छ ।
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया