प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि संस्थागत गरेर थप अधिकार खोज्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको वर्तमान जिल्ला समन्वय समितिको ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले जिल्लाको विकासको कामलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताए। संविधान निर्माणको क्रममा जिल्ला समन्वय समिति राख्ने कि नराख्ने बहस भएको भन्दै नेपाली कांग्रेसको अडानकै कारण समन्वय समिति राख्न सम्भव भएको स्मरण गरे।
‘राजनीतिक स्थिरताका जगमा जनताको जीवन र जिविका सहज होस् भन्ने जनताको चाहना पूरा गर्नका लागि नै अहिलेको सरकार बनेको हाे,´ उपप्रधानमन्त्री सिंहले भने,`देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खाेजिएकाे छ ।’ आर्थिक विकास र पूर्वाधार विकास निर्माणका हिसाबले प्रजातन्त्र पुनःस्थापन पछि धेरै काम भएका छन् । तर, अझै गर्न धेरै बाँकी छ । त्यसका लागि सरकारले काम गरिरहेका छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका देशभरका प्रमुख, उपप्रमुखसहित पालिकाका प्रमुख, उपप्रमुखको सहभागिता रहेको आयोजकले बताएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया