पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन् ।
सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । उनका अनुसार रोल्पामा मात्रै आठजना घाइते भएका छन् । यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट दुईजना घाइते भएका हुन् ।
मकवानपुरको राक्सिराङमा दुई, प्यूठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरपालिकामा दुईजना चट्याङबाट घाइते भएका केसीले जानकारी दिए । उनका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एक÷एकजना घाइते भएका छन् ।
यस्तै, लेक लागेर रसुवामा एक जना र आगलागी हुँदा रुपन्देहीमा दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा ३० वटा विपद्का घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए ।
















अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया