भारतमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु

नयाँदिल्ली। भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको संख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन ।
तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बंगालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्।


















श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया