जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं । “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु”, म्यान्मारबाट पहिलो पटक नेपाल आएकी अस्मिता न्यौपानेले भनिन्। नेपालबाट म्यानमार गएको उनीभन्दा अघिको सातौ पुस्ता हो । त्यसपछाडिको कोही पनि नेपाल आउन नभएपछि न्यौपाने भने आफू आउन पाउँदा दङ्ग थिइन् ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उनले नेपाल आउनुको खुसी मात्रै पोख्नु भएन, नेपाली गीत पनि गाएर सुनाइन् । उनी नेपाल आउने अवसर भने नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरो भ्वाइस युनिभर्स कार्यक्रमले जुराइदिएको थियो ।
उक्त कार्यक्रमकि प्रतियोगी न्यौपाने जस्ता विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषाीहरुले सञ्चारमन्त्री गुरुङसमक्ष भावना साटासाट गरेका छन् । उनीहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषावेशको जहाँ जाऊ लागिरहन्छ माया देशको…’ बोलको गीतसमेत गाएर सुनाइन् ।
मन्त्री गुरुङले नेपालमा सुगौली सन्धिपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपालीहरु विभिन्न देशमा छरिएर रहेको उल्लेख गरे । विभिन्न कारणले नेपालीहरु जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउने काम गरिरहेको उनले बताए ।
मन्त्री गुरुङले खास गरी कलासंस्कृतिले मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता कार्यक्रमले ठूलो सहयोग गरेको बताए । “हामी जहाँ भए पनि नेपाली कलासंस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रममलाई महत्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,” उनले भने ।
मन्त्री गुरुङले केही कारणवश फरक मुलुकमा बसोबास भए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँधेको उल्लेख गरे ।
इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम तीन वर्षदेखि निरन्तर नेपाल टेलिभिजनमार्फत प्रसारण हुँदै आएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकलाई उनीहरुको गायन र नृत्यकलामार्फत एकसूत्र गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो । हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन् । “नेपाली जहाँ गए पनि मन र संस्कृति नेपालमै छ, हामीले कलासंस्कृतिमार्फत राष्ट्रिय एकता बलियो बनाउने प्रयत्न गरेका छौँ”, कार्यकारी निर्देशक भट्टराईले भने।
नेपाल टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण हुन्छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुँदै आएको छ । कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार स्वरुप रु एकरएक करोड, दोस्रोलाई रु ३०र३० लाख, तेस्रो हुनेलाई रु १०र१० लाख र उत्कृष्ट १० मा पर्ने सबैलाई जनही रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।









प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
प्रतिक्रिया