इरानकाे पछिल्लो आक्रमणमा पाँच इजरायलीको मृत्यु, ९२ घाइते

इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपत्कालीन सेवाले सोमबार बताएको छ ।
मध्य इजरायलका चार वटा स्थलमा भएका आक्रमणमा हताहत भएको एमडिएले एक विज्ञप्तिमार्फत जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुषका साथै एक थप समावेश छन् ।
अहिलेसम्म एमडिए टोलीहरूले ९२ जना घाइतेलाई अस्पतालमा लगेका छन् । जसमा एक महिलाको अवस्था गम्भिर अवस्थामा रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ ।
एमडिएले चारमध्ये दुई स्थानमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।
इजरायलले इरानमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका थिए । इरानले सोमबार इजरायली सहरहरूमा मिसाइल आक्रमण गरेको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबार तेहरानले इजरायली नागरिकहरूमाथि इरानी आक्रमणको चर्को मूल्य चुकाउने चेतावनी दिनुभएको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया