ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मेरोन्यूज
२०८२ असार ३ गते १७:२१

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुंगा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
पाल केही दिन अगाडि मात्रै बिदामा घर आएका थिए ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया