इरानको मिसाइल रोक्नमात्रै इजरायलको दैनिक ३९ अर्ब खर्च !

इजरायल । इरान र इजरायलबिच लडाइँका क्रममा इरानकाे मिसाइल आक्रमण राेक्न इजरायलको दैनिक अर्बौं रुपैयाँ खर्च भइरहेको र त्यसलाई निरन्तरता दिन इजरायललाई गार्हो हुने रिपोर्टहरु आएका छन् । इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले यसको स्रोतहरूमा अत्यधिक दबाब परेको वाशिङ्टन पाेस्टमा रिपोर्ट प्रकाशित भएकाे छ ।
साे रिपोर्ट अनुसार इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीकाे अनुमानित खर्च प्रतिदिन झण्डै २८५ मिलियन अमेरिकी डलर पर्छ । जुन नेपाली रुपैयाँ अनुसार दैनिक ३९ अर्ब पर्न जान्छ ।
वाशिङ्टनपाेस्टका अनुसार विज्ञहरूले चेतावनी दिएका छन् कि यदि अमेरिका बाट पुनआपूर्ति नभएमा इजरायलसँग रहेका यो प्रणाली १० देखि १२ दिनभन्दा बढी टिक्न सक्दैन । इजरायलसँग भएको प्रतिरक्षा प्रणाली १०/१२ दिनमै सकिनेछ । याे रिपोर्टले इजरायललाई दवावमा पारेकाे छ ।
इजरायलले एरो, आइरन डोम, डेभिडको स्लिङ, र थाड/प्याट्रियट प्रणालीहरू सहित आफ्नो बहुस्तरीय रक्षा प्रणालीहरू राखेकाे छ । प्रत्येक एरो इन्टरसेप्टर मिसाइलको मात्र लागत ३ मिलियन डलर अर्थात नेपाली ४० कराेड रुपैयाँ भन्दा बढी पर्दछ । सो बाहेक आक्रमणमा हुने खर्च र इरानकाे आक्रमणबाट हुने मानविय र भाैतिक क्षति उल्लेखनिय छ ।


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया