सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन्।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका ठाडा मगरलाई हार्दिक बधाई दिदैँ बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने बताए।
उनले दीर्घकालिन रुपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मुल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिदा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्ने बताका छन् ।
महानिरीक्षक अर्यालले भ्रष्टाचार एवं लैङ्गिक हिंसामा शुन्य सहनशिलता एवं मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा हरहमेशा कटिबद्ध तथा पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने बताउदै आपसी भाईचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडी बढाउनुपर्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया