टी-२० सिरिजमा आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका साँझ ७ः४५ बजेसुरु हुनेछ ।
नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो ।
नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो । साे खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो ।
नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ । आइतबार भएको खेलमा पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।
त्यसपछि नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो भने बुधबार स्कटल्याण्डलाई १७ रनले हरायो ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी-२०आई खेलहरूमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया