नेपाललाई स्कटल्याण्डले दियो १९४ रनको लक्ष्य
मेरोन्यूज
२०८२ असार ६ गते २१:३३

काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो ।
स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । जर्जले ३९ बलमा ७८ र ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे ।
बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक-एक विकेट लिए । यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ ।
सम्बन्धित


















रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया