सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

काठमाडौँ । नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ ।
काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर मल, कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको १०० दिन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
चाम्सले भने, “हामीले जुन सोचका साथ चलचित्रको निर्माण सुरुआत गरेका थियौँ, त्यो आज पूरा भएको छ । खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ, यसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ । कप्तान सुब्बाको घर बनाउने सपना पनि पूरा हुँदैछ, हामी चाँडै जानकारी दिनेछौँ ।”
चलचित्रमा स्वयं कप्तान सुब्बाले आफ्नो भूमिका निर्वाह गरेका छन् । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन्। उक्त चलचित्र गत वर्ष विसं २०८१ फागुन २९ गतेदेखि प्रदर्शन भएको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया