टेबलटेनिस टोली उज्वेकिस्तान जाँदै

काठमाडौं। एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ।
यही असार १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा समान ३/३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन्।
टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिदै बिदाइ गरे।
सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको पनि उपस्थिति रहेको थियो। टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ।











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया