शुक्रबार, वैशाख ४, २०८३

टेबलटेनिस टोली उज्वेकिस्तान जाँदै

मेरोन्यूज २०८२ असार १० गते १९:५३

काठमाडौं। एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यही असार १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा समान ३/३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन्।

टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिदै बिदाइ गरे।

सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको पनि उपस्थिति रहेको थियो। टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ।

प्रतिक्रिया