शुक्रबार, वैशाख १८, २०८३

सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

मेरोन्यूज २०८२ असार १० गते २१:०८

काठमाडौँ । सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै ४ लाख ९१ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘निजले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालिदिन्छु भनि पीडितलाई आफूले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा जम्मा रु चार लाख ९१ हजार जम्मा गर्न लगाई ठगी गरी फरार भएकामा काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएकाले क्षेत्रीलाई पक्राउ गरिएको हो।’

निजलाई काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी ठगीसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रतिक्रिया