गभर्नर पौडेलको सम्पत्ति : ७ कम्पनीमा १४ करोडको सेयर, ४५ तोला सुन

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले १४ करोडभन्दा बढी रकमको सेयर रहेको खुलाएका छन् ।
गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको विभिन्न ७ कम्पनीमा शेयर, दुई स्थानमा जग्गा, एउटा कार र सुन र विभिन्न बैंकमा नगद मौज्दात रहको उल्लेख छ ।
उनको सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जीलगायत कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको विवरणमा देखिएको छ । सेयरका साथै उनीसँग २० लाखभन्दा बढी नगद रहेको पनि खुलाएका छन् ।
पौडेलले श्रीमती प्रतिभा शर्मा र आफ्नो नाममा गरी २० लाखभन्दा बढी विभिन्न बैंकमा बचत रहेको उल्लेख गरेका छन् भने सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेका छन् ।
त्यसैगरी, आफूसँग ४५ तोला सुन र नवलपरासी, ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । पौडेलका अनुसार १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मूल्य रहेको छ भने नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।
साथै श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ पर्ने सुजुकी कार रहेको उनले खुलाएका छन् । सार्वजनिक पदधारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
















पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया