आईसीसी वरीयतामा सन्दीप र ललितको छलाङ
मेरोन्यूज
२०८२ असार ११ गते १७:४०

काठमाडौं । आइसीसी टी–२०आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गरेका छन् । हालैकाे स्कटल्याण्ड सिरिजपछि सन्दीप ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन् ।
यस्तै बलिङतर्फ ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन् ।
ब्याटिङतर्फ कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेख दुवै ब्याटिङ वरीयतामा दुई स्थान खस्किएका छन् । रोहित ६६ औँ र आसिफ ७९ औँ स्थानमा पुगेका छन् । अर्का ओपनर कुशल भुर्तेलले भने १० स्थान उक्लिँदै ८३ औँ स्थानमा पुगेका छन् । यस्तै गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन् ।
टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन् ।
सम्बन्धित


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया