आईसीसी वरीयतामा सन्दीप र ललितको छलाङ
मेरोन्यूज
२०८२ असार ११ गते १७:४०

काठमाडौं । आइसीसी टी–२०आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गरेका छन् । हालैकाे स्कटल्याण्ड सिरिजपछि सन्दीप ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन् ।
यस्तै बलिङतर्फ ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन् ।
ब्याटिङतर्फ कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेख दुवै ब्याटिङ वरीयतामा दुई स्थान खस्किएका छन् । रोहित ६६ औँ र आसिफ ७९ औँ स्थानमा पुगेका छन् । अर्का ओपनर कुशल भुर्तेलले भने १० स्थान उक्लिँदै ८३ औँ स्थानमा पुगेका छन् । यस्तै गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन् ।
टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन् ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया