सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २ को विजेतालाई ईभी कार पुरस्कार

काठमाडौं। नेपाली बालबालिकाहरूको प्रतिभा उजागर गर्ने लोकप्रिय गायन रियालिटी कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ को विजेताले यसपटक पुरस्कारस्वरूप एउटा नयाँ विद्युतीय कार (बीएडब्लु ब्रम्बी) प्राप्त गर्ने भएका छन्। एलआरआर मोटर्स प्रा. लि. र फर्मुला प्लस बीचको ऐतिहासिक सहकार्यअन्तर्गत प्रदान गरिने यो उपहार नेपाली रियालिटी कार्यक्रमको इतिहासमै पहिलोपटक बाल प्रतिभाले कार जित्ने अवसर हो।
यो पुरस्कारले न केवल बाल प्रतिभाको संगीत यात्रा र मेहनतलाई सम्मान गर्नेछ, बरु उनले आफ्ना आमाबुवालाई उपहारस्वरूप कार दिने सपना पनि पुरा गर्नेछ। एउटा बालक वा बालिकाको स्वरले परिवारलाई सवारीसाधनको रूपमा खुशी दिन सक्नु आफैंमा एक प्रेरणादायक क्षण हो।
एलआरआर मोटर्स प्रा. लि. का निर्देशक जीवन कुमार शाहीले भने, “हामी केवल व्यापारमा सीमित छैनौं, सामाजिक उत्तरदायित्वमा पनि विश्वास गर्छौं। नेपाली संगीत क्षेत्रको भविष्य र बाल प्रतिभामा लगानी गर्नु हाम्रो लक्ष्य हो।”
कार्यक्रमकी संयोजक सुरक्षा अधिकारी को भनाइमा, “१५ वर्ष मुनिका कुनै बालबालिकाले आफ्नो स्वरको माध्यमबाट आमाबुवालाई कार उपहार दिनु अत्यन्तै भावनात्मक र सुन्दर कुरा हो। एलआरआर मोटर्ससँगको सहकार्यले यो यात्रालाई अझ महत्वपूर्ण बनाएको छ।”
दोस्रो सिजनले पहिलो सिजनको सफलतालाई मात्र पछ्याउने होइन, ‘गुणस्तरमा प्राथमिकता’ भन्ने मर्मलाई निरन्तरता दिने लक्ष्य राखेको छ। निर्णायक मण्डलमा दिप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमन रहेका छन् भने, सुमन कार्की कार्यक्रमको सञ्चालकका रूपमा प्रस्तुत भइरहेका छन्। कार्यक्रमको निर्देशन एलिन श्रेष्ठ ले गरिरहेका छन्।
नोबडी प्रोडक्सनद्वारा निर्माण गरिएको यो कार्यक्रममा वर्ल्डलिंकले शीर्ष प्रायोजन गरेको छ।
डोको युट्युब च्यानल र स्पेस ४के टेलिभिजनमा प्रत्येक आइतबार र सोमबार राति ८ः३० बजे प्रशारण हुने यस कार्यक्रमको अडिसन चरणमै बालप्रतिभाहरूको अद्भुत प्रस्तुति देखिएको छ। ग्रान्ड प्रिमियर नजिकिँदै गर्दा यो सिजन संगीत, मनोरञ्जन र अविस्मरणीय क्षणहरू सहित नयाँ उचाइमा पुग्ने पूर्ण सम्भावना देखिएको छ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया