मंगलबार, वैशाख २२, २०८३

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

मेरोन्यूज २०८२ असार १२ गते २०:४०

काठमाडौँ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ।

Advertisement
NiccNicc

यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ।

नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, 7kW + 3.5kW चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन्।

विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ। यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ।

बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ। बेस्ट-इन-क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ।

यी सीमित अवधिका अफरहरूको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि ग्राहकहरूलाई आफू नजिकको डोङफेङ शोरूममा चाँडोभन्दा चाँडो पुग्न प्रोत्साहन गरिन्छ।

प्रतिक्रिया