बुधबार, मंसिर १०, २०८२

आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल

मेरोन्यूज २०८२ असार १३ गते ६:०२

काठमाडौं । आज २०८२ साल असार १३ गते शुक्रबार। असार शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुन २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : शत्रुहरू सक्रिय रहनेछन्। आत्मसम्मानमा ठेस लाग्न सक्छ। युवावर्गहरूले अवसरवादी मित्रहरूको कुरामा आएर कानुन विपरित कार्य नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

वृष : कार्यक्षेत्रमा लाभ आर्जन गर्न सकिनेछ। आकस्मिक धनलाभले मनमा कार्य गर्ने उत्साह जाग्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन : आत्मविश्वास र धैर्यले नयाँ अवसर फेला पार्न सकिनेछ। पुराना रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट : लगनशीलताले मानसम्मान प्राप्त गर्न सकिनेछ। करियरमा सुधार आउने संकेत छ। युवावर्गले आफ्नो लक्ष्य प्राप्तिमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

सिंह : व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोला। शुभचिन्तकहरूले साथ दिए तापनि कार्यक्षेत्रमा रुकावट आउन सक्छ। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या : कुनै बहुप्रतिक्षित कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। अनावश्यक खर्च भएकोले किनमेल गर्दा होस् पुर्याउनुहोला। माननीय जनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला : व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सामाजिक कार्यक्रमहरूमा जिम्मेवारी वहन गर्नुपर्ला। तार्किक सोचले कार्यक्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक : कार्यक्षेत्रमा उत्साह बढ्दै जाँदा चुनौतीपूर्ण कार्यहरू पनि सहज लाग्नेछन्। नोकरी वा पेशामा हतार नगरी कार्य गर्नुहोला। विद्यार्थीहरूलाई नयाँ साथीहरुसँग मित्रताको अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

धनु : धैर्य र पराक्रममा कमी आउनेछ। विवादास्पद चुनौतीहरूको सामना गर्नुपर्ला। आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। शुभचिन्तकहरूको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर : साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। मानसिक ऊर्जा उच्च रहनेछ। परीक्षाको परिणाम राम्रो देखिएको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ :सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

मीन :सेवामुलुक कार्यबाट प्रतिष्ठा पाइनेछ। रोकिएका कार्यहरू पुनः सुचारू हुनेछन्। कानुनी पक्ष सबल हुनेछ। रचनात्मक कार्यमा जुट्नुपर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया