नारायणी लिफ्टबाट पानी छोडियो

चितवन। नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि नहरमा पानी छाड्न सुरु गरेको छ ।
सो कार्यालयले आठ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । नारायणी लिफ्टमा रहेका दुईवटा पम्पबाट चार हजार ७०० हेक्टर र खगेरी सिँचाइबाट तीन हजार ९०० सय हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ ।
कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार खगेरी सिँचाइमा यही असार १० गतेदेखि पानी छाड्न थालिएको हो । नारायणी लिफ्टमा पूजा गरेर पानी छाड्न थालिएको उनले जानकारी दिए । अहिले लिफ्टको ‘बी’ पम्पबाट पानी छाडिएको छ ।
उनले भने, “पम्पको पूजा गरेर आजदेखि पानी छाडिएको छ ।” असार १५ गते धान दिवसका अवसरमा रोपाइँका लागि पानी छाडिएको उनाले बताए । गत आर्थिक वर्षमा पनि असार १० गतेबाट पानी छाडिएको थियो ।
‘सी’ पम्पबाट असार तेस्रो साताबाट पानी छाडिने उनले बताए । उनका अनुसार बी पम्पबाट एक दशमलव सात घनमिटर प्रतिसेकेन्ड पानी तानिने गरिन्छ भने सी पम्पबाट अधिकतम आठ घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने गरिन्छ । नहर सरसफाइ गरेर मूल नहर र शाखाहरुमा पानी छाडिएको चालिसेले बताए ।
नारायणी लिफ्टबाट देवनगर, लङ्कु, टाइगरचोक, फूलबारी, राधापुर, श्रीपुर, तोरिखेत, पारसनगर, शिवनगर, गोरखाली टोल, गोन्द्राङ्, वन्देवी, काँडाघारी गौरीगञ्ज क्षेत्रको सिँचाइ हुँदै आएको छ । खगेरीबाट देवनगर, मङ्गलपुर, गीतानगर, पार्वतीपुर क्षेत्रमा सिँचाइ हुने गरेको छ । यस कार्यालयले धान र गहुँ बालीलाई लक्षित गरि नहरमा पानी छाड्दै आएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया