कांग्रेसले गरेका काम जनतामाझ पुर्याउनबाट चुक्यौँः उपसभापति खड्का

वीरगञ्ज (पर्सा)। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्याउन चुकेको बताएका छन्।
नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति खड्काले नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पुर्याउन नसकिएको बताएका हुन् ।
“नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला महत्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरुलाई जनतामाझ पुर्याउन भने सकिरहेका छैनौँ । त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ,” उनले भने, “हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पु¥याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरुले सो पु¥याउन मद्दत पु¥याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।”
उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पु¥याउन नसकेको गुनासो व्यक्त गरे ।
“मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा नेपाली कांग्रेसको भूमिका अहम् छ”, उनले भने, “हामीले गरेका कामलाई जनतामाझ पु¥याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।” उपसभापति खड्काले सङ्घीयता र समावेशिताका मुद्दा पनि सबैतीर पु¥याउन नसकेको स्वीकार गरे ।
उपसभापति खड्काले कांग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दावी गरे ।
नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले असार १३ र १४ गते मधेश प्रदेशका आठवटै जिल्लाका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया